KIOSK आधारित डिजिटल नागरिक वडापत्र

आफ्ना सेवाग्राहीलाई कार्यालयको सेवा सम्बन्धि तथा अन्य सम्पूर्ण किसिमका जानकारी लिखित सामग्री, अडियो, भिडियो तथा तस्बिरको प्रयोग गरि कार्यालयलाई थप सुन्दर समेत बनाउन हाम्रो KIOSK मा आधारित डिजिटल नागरिक वडापत्र / डिजिटल सूचना पाटीको प्रयोग गर्न सक्नुहुन्छ। सेवाग्राहीले आफ्नो मोबाइल फोन चलाए जसरि आफ्ना औलाले आफुले चाहेको शिर्षक अनुरुपको सेवा सहज तरिकाले हेर्न सक्ने यो प्रणाली सेवाग्राहीको लागि अत्यन्त सरल प्रबिधि हो। धेरै सेवाग्राही मुखी सरकारी निकाय, अस्पताल, सपिङ्ग मल, होटेल तथा गाडीका स्वरुम लगायत धेरै किसिमका संस्थाले यसको उपयोगिता आफ्नै किसिमले प्राप्त गर्न सक्नुहुन्छ।

Digital KIOSK मा आधारित डिजिटल नागरिक वडापत्र (Digital Nagarik Badapatra / Digital Citizen Charter), हालसम्म हामीले कार्यालयहरुमा स्थापना गरेको नागरिक बडापत्रहरु मध्येमा सबैभन्दा आकर्षक र सेवाग्राही मैत्री डिजिटल नागरिक वडापत्रको संस्करण हो।  सधैँ टच स्क्रिन मोबाइल फोन चलाउने बानि परेको सेवाग्राहीहरु Tablet जस्तै गरि हातको औलाको सहायताले कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धि जानकारी तथा अन्य सूचना छानी छानी हेर्न सक्ने हुँदा यस प्रकारको Touchscreen Digital KIOSK मार्फत सूचना लिन निकै सहज मान्ने पाइएको छ।  

डिजिटल किओस्क (Digital KIOSK) आफैमा धेरै गुण भएको साधन हो तर यो खरिद गरेर मात्र यसमा सूचना तथा जानकारी प्रस्तुत गर्न सहज छैन।  हामीले निर्माण गरेको डिजिटल नागरिक वडापत्रको सफ्टवेयरको प्रयोगले यस KIOSK मा आवस्यक सूचना अक्षर, भिडियो, तस्बिर तथा अडियोको सहायताले प्रस्तुत गर्न कार्यालयका कर्मचारीलाई निकै सहज हुन्छ भने सेवाग्राहीले पनि निकै सहज तरिकाले औलाले छानी छानी आफुलाई चाहिएको सूचना तथा जानकारी हेर्ने, तथा कार्यालयले सूचना संकलन गर्न प्रयोग गरेको फारम भर्ने कार्य गर्न सक्छन। 

Digital KIOSK Based Digital Citizen Charter

KIOSK based digital nagarik badapatra

KIOSK मा नागार्जुन नगरपालिका मा डिजिटल नागरिक वडापत्र