नेपालमा डिजिटल नागरिक वडापत्रको अवधारणा सुरुवात गरेको यस प्रोएक्टिभ डेभलपर्सले सेवाग्राहीले निकै सहज तरिकाले सूचना तथा जानकारी ग्रहण गर्न सक्ने गरि यस प्रणालीको निर्माण गरेको छ। यस प्रणालीको प्रयोग गरि यहाँहरुले आफ्नो कार्यालयको मात्र नभई, एकै प्रणाली बाट आफ्ना शाखा कार्यालय तथा मातहतका कार्यालयको समेत सूचना तथा अन्य सामाग्री व्यवस्थापन गर्न सक्नु हुन्छ।
.jpg)
नागरिक वडापत्र (कार्यालयले प्रदान गर्ने सेवा तथा प्रक्रिया सम्बन्धि जानकारी), सूचना, कर्मचारी तथा पदाधिकारीको विवरण, चार्टको प्रयोग गरि प्रगति तथा अन्य कार्यको Data Visualization, भिडियो सामग्री, नतिजा प्रकाशन, कार्यक्रम तथा बजेट सम्बन्धि विवरण, अन्य शाखा सम्बन्धि जानकारी लगायत कार्यालयले सेवाग्राहीको लागि आवस्यक हुने कुनै पनि सामग्री प्रस्तुत गर्न सकिने यस डिजिटल नागरिक वडापत्र (Digital Citizen Charter) ले सेवाग्राहीलाई सेवा ग्रहण गर्न तथा जानकारी लिन निकै सहज बनाउछ भने, यसको प्रयोगले यहाँको कार्यालयको आकर्षण समेत बढाउन सहयोग गर्छ।
सबै शाखाहरू र मुख्य कार्यालयहरूमा सिमलेस पहुँच! नगरपालिकाहरू, बैंकहरू जस्ता धेरै शाखाहरू भएका कार्यालयहरूका लागि, हाम्रो डिजिटल नागरिक वडापत्र (Digital Citizen Charter) सफ्टवेयरले सबै वार्ड/शाखा कार्यालयहरूका लागि स्वतन्त्र प्रयोगकर्ता व्यवस्थापनको साथ केन्द्रीकृत पहुँच प्रदान गर्दछ। साथै प्रत्येक शाखा कार्यालयमा सामग्रीलाई आफ्नै तरिकाले राख्न मिल्छ भने एकै खाले सामग्रीहरू शाखाहरूमा साझा गर्न समेत सकिन्छ।
कुनै पनि कार्यालयले आफुसंग भएको कुनै पनि किसिमका KIOSK, Smartboard, Smart TV, LED TV मा निर्वाध रुपमा संचालन गर्न सक्ने। Android, Windows, Linux, Mac तथा Web मा सहजै चल्ने गरि बेग्ला बेग्लै संस्करण तयार गरिएको
हाम्रो डिजिटल नागरिक वडापत्रको सफ्टवेयर, यहाँहरुको कार्यालयमा रहने Interactive Touch Display (Interactive Smart White Board/ Interactive Tablet) लाई सूचना बैंक / सूचना केन्द्र को रुप दिन उत्कृष्ट विकल्प हुन्छ। नागरिक वडापत्रलाई सेवा सम्बन्धि सम्पूर्ण विवरण हेर्न तथा खोज्न मिल्ने गरि देखाउन होस् या भित्ता भरि लेखिने/टासिने सूचना तथा जानकारी लाई आकर्षक तरिकाले प्रस्तुत गर्न होस्, या सुचनामुलक जानकारीलाई भिडियो /अडियो मार्फत प्रस्तुत गर्न होस्, हाम्रो DIDS यहाँको सबैभन्दा उत्कृष्ट विकल्प हुन्छ।
आफ्ना सेवाग्राहीलाई कार्यालयको सेवा सम्बन्धि तथा अन्य सम्पूर्ण किसिमका जानकारी लिखित सामग्री, अडियो, भिडियो तथा तस्बिरको प्रयोग गरि कार्यालयलाई थप सुन्दर समेत बनाउन हाम्रो KIOSK मा आधारित डिजिटल नागरिक वडापत्र / डिजिटल सूचना पाटीको प्रयोग गर्न सक्नुहुन्छ। सेवाग्राहीले आफ्नो मोबाइल फोन चलाए जसरि आफ्ना औलाले आफुले चाहेको शिर्षक अनुरुपको सेवा सहज तरिकाले हेर्न सक्ने यो प्रणाली सेवाग्राहीको लागि अत्यन्त सरल प्रबिधि हो। धेरै सेवाग्राही मुखी सरकारी निकाय, अस्पताल, सपिङ्ग मल, होटेल तथा गाडीका स्वरुम लगायत धेरै किसिमका संस्थाले यसको उपयोगिता आफ्नै किसिमले प्राप्त गर्न सक्नुहुन्छ।
कम खर्चमा सामान्य टेलिभिजनलाई उत्कृष्ट स्मार्ट डिजिटल सूचना केन्द्र बनाउन हाम्रो डिजिटल नागरिक वडापत्रको सफ्टवेयर प्रयोग गर्न सक्नुहुन्छ। भिडियो, तस्विर या लिखित सूचना सम्पूर्ण राख्न सकिने यस प्रणालीमा राखिएको सूचना हेर्न तथा पढ्न सेवाग्राहीले चाहेको शीर्षक चयन गर्नको लागि कि-प्याड राखिएको हुन्छ।
यस सफ्टवेयरले सम्पूर्ण सेवा सम्बन्धि विवरण नेपाली तथा अंग्रेजी दुवै भाषामा बोलेर प्रस्तुत गर्ने हुँदा सेवाग्राहीले सुनेर जानकारी ग्रहण गर्न सक्ने
यस डिजिटल नागरिक वडापत्रमा सम्पूर्ण विवरण अंग्रेजी तथा नेपाली भासमा व्यवस्थान तथा प्रस्तुत गर्न सक्नुहुन्छ। आवस्यक पर्दा आफ्नो स्थानीय भाषामा समेत सूचना सम्प्रेसन गर्न सकिन्छ
महानगर / नगरपालिका / गाउँपालिका तथा अन्य सरकारी कार्यालय, अटोमोबाइल सोरुम, बैंक, सहकारी, सपिङ्ग मल, विद्यालय / कलेज, पर्यटकीय स्थल तथा कुनै पनि प्रकृतिका कार्यालयले आफ्नो हिसाबले सूचना सम्प्रेसन गर्न सक्ने गरि विविध सुबिधा तथा लेआउट भएको
डिजिटल नागरिक बडापत्र भनेको नेपालका सरकारी तथा सार्वजनिक कार्यालयहरूका लागि तयार गरिएको डिजिटल सूचना प्रदर्शन प्रणाली (Digital Information Display System – DIDS) हो।
यस प्रणालीमार्फत कार्यालयले प्रदान गर्ने नागरिक बडापत्र सेवाहरू, तिनका प्रक्रिया, आवश्यक कागजात, सेवा शुल्क, लाग्ने समय, सम्बन्धित कक्ष/सेक्सन नम्बर, सूचना, कर्मचारी विवरण, तस्बिर तथा भिडियोहरू डिजिटल रूपमा देखाउन सकिन्छ।
यो प्रणाली स्मार्टबोर्ड, टिभी, कियोस्क, डिजिटल साइनिज तथा वेब चल्ने कुनै पनि डिस्प्लेमा चल्छ।
यसमा नेपाली र अंग्रेजी दुवै भाषामा आवाज (Audio) मार्फत सेवा विवरण सुनाउने सुविधा समेत छ, जसले नागरिकलाई पढ्न मात्र होइन, सुनेर पनि जानकारी लिन सहज बनाउँछ।
यसले सेवा प्रवाहलाई छिटो, पारदर्शी र सबैका लागि पहुँचयोग्य बनाउँछ।
ProActive Developers ले वि.सं. २०६८ सालदेखि (१५ वर्षभन्दा बढी समय) डिजिटल सूचना प्रदर्शन प्रणाली विकास तथा स्थापना गर्दै आएको छ।
अहिलेसम्म हाम्रो प्रणाली ५०० भन्दा बढी कार्यालयहरूमा सफलतापूर्वक जडान भइसकेको छ, जसमा:
मन्त्रालय तथा विभागहरू
महानगरपालिका, नगरपालिका र गाउँपालिका
अस्पताल, अध्यागमन कार्यालय तथा अन्य सार्वजनिक संस्थाहरू
समावेश छन्।
यही दीर्घ अनुभवका कारण हामी नेपालमा डिजिटल नागरिक बडापत्रको अग्रणी र विश्वासिलो सेवा प्रदायकका रूपमा चिनिन्छौँ।
DIDS क्लाइन्ट सफ्टवेयर:
एन्ड्रोइड एप्लिकेसन
वेब एप्लिकेसन (ब्राउजरबाट चल्ने)
दुवै रूपमा उपलब्ध छ।
यसकारण यो प्रणाली:
स्मार्टबोर्ड
एन्ड्रोइड टिभी
कियोस्क
ट्याब्लेट
डिजिटल साइनिज
वेब ब्राउजर चल्ने कुनै पनि उपकरण
मा सजिलै प्रयोग गर्न सकिन्छ।
कुनै विशेष अपरेटिङ सिस्टमको बाध्यता नहुँदा सरकारी कार्यालयका लागि यो अत्यन्त उपयुक्त हुन्छ।
सेवाग्राहीले निम्न सुविधाहरू प्रयोग गर्न सक्छन्:
नागरिक बडापत्र सेवाहरूको विस्तृत जानकारी:
सेवा विवरण
आवश्यक कागजात
प्रक्रिया
शुल्क
सेवा पाउन लाग्ने समय
सम्बन्धित कक्ष/सेक्सन नम्बर
सेवा छान्दा स्वचालित आवाजमार्फत जानकारी सुन्ने सुविधा (नेपाली/अंग्रेजी)
मुख्य सूचना (Highlighted Notices) र सबै सूचनाको सूची
तस्बिर तथा भिडियो स्लाइडर (स्वतः चल्ने)
भाषा परिवर्तन सुविधा (नेपाली / अंग्रेजी)
प्रतिक्रिया, सर्वेक्षण र अपोइन्टमेन्टका लागि डिजिटल फाराम
डाउनलोड गर्न मिल्ने सामग्री
चार्ट तथा ग्राफमार्फत जानकारी
तलपट्टि स्क्रोल हुने सूचना
विभिन्न दिन/अवसर अनुसार फरक–फरक लेआउट र प्यानल
Dynamic Forms (dForms) ले डिजिटल नागरिक बडापत्रलाई एकतर्फी सूचना बोर्डबाट दुईतर्फी संवादको माध्यम बनाउँछ।
यस सुविधामार्फत कार्यालयले CMS बाटै चाहेजति डिजिटल फारामहरू बनाउन सक्छ।
फारामका सबै फाँट (Fields) आवश्यकता अनुसार सजिलै परिवर्तन गर्न सकिन्छ, त्यसका लागि कुनै प्राविधिक ज्ञान आवश्यक पर्दैन।
यी फारामहरू प्रयोग गर्न सकिने क्षेत्रहरू:
अपोइन्टमेन्ट बुकिङ
सेवाग्राही प्रतिक्रिया (Feedback)
सन्तुष्टि सर्वेक्षण
आवेदन फाराम
कार्यालयमै फाराम भर्ने व्यवस्था
प्रशासकहरूले फारामबाट प्राप्त विवरणहरू:
हेर्न
छान्न (Sort)
फिल्टर गर्न
प्रिन्ट गर्न
आवश्यक परे निर्यात (Export) गर्न
सक्छन्।
नेपालका विभिन्न संस्थाहरूले यसलाई रचनात्मक रूपमा प्रयोग गरिरहेका छन्:
वित्तीय संस्थाहरूले जम्मा तथा झिकाइ स्लिप (Deposit/Withdraw Slip) बनाउन
सरकारी कार्यालयहरूले अपोइन्टमेन्ट र सेवा अनुरोधका लागि
नगरपालिका तथा वडाहरूले छिटो सर्वेक्षण र जनप्रतिनिधि/सेवाप्रति प्रतिक्रिया लिन
कार्यक्रम तथा सभामा तत्काल पोल र प्रश्नावली चलाउन
सरकारी निकायका लागि सबैभन्दा महत्वपूर्ण प्रयोग भनेको सेवाग्राही सन्तुष्टि सर्वेक्षण हो।
फाराम परिवर्तनशील (Dynamic) भएकाले प्रश्न, मूल्याङ्कन तरिका वा सूचक सजिलै परिमार्जन गर्न सकिन्छ—न त नयाँ फाराम छाप्नुपर्छ, न त नयाँ प्रणाली बनाउनु पर्छ।
यसले सेवा गुणस्तर मापन, पारदर्शिता र उत्तरदायित्वलाई बलियो बनाउँछ।
सानो प्रतिक्रिया फारामबाट सुरु भएको कुरा पछि डाटा–आधारित निर्णय, नीति सुधार र नागरिक–केन्द्रित सेवा प्रवाहसम्म पुग्न सक्छ।
डिजिटल नागरिक बडापत्रको CMS (Content Management System) वेबमार्फत चल्ने, सजिलो र प्रयोगकर्ता–मैत्री प्रणाली हो।
यो नगरपालिका वा वडाका कर्मचारीहरूले प्राविधिक ज्ञान बिना पनि सजिलै चलाउन सक्ने गरी डिजाइन गरिएको छ।
मुख्य सुविधाहरू:
नागरिक बडापत्र सेवाहरू थप्ने, सम्पादन गर्ने, हटाउने
कर्मचारी तथा जनप्रतिनिधि व्यवस्थापन
कर्मचारी उपस्थित/अनुपस्थित देखाउने सुविधा
सूचना, तस्बिर र भिडियो व्यवस्थापन
स्लाइडरको क्रम र समय नियन्त्रण
कर दर, ऐन, पर्यटन, फाराम जस्ता मेनुहरू थप्ने
लेआउट, रङ र प्यानल अनुकूलन
डाइनामिक फाराम र प्राप्त डाटा व्यवस्थापन
CMS र सामग्री दुवै नेपाली/अंग्रेजीमा
अन्य प्रणालीसँग API एकीकरण
हो। DIDS ले दुवै मोड समर्थन गर्छ:
एक कार्यालय – असीमित डिस्प्ले
एउटै CMS बाट धेरै टिभी, स्मार्टबोर्ड वा कियोस्क चलाउन सकिन्छ।
बहु कार्यालय / शाखा (केन्द्रिय प्रणाली)
नगरपालिका → वडा
बैंक → शाखा
विभाग → मातहत कार्यालय
प्रत्येक इकाइले आफ्नै सामग्री व्यवस्थापन गर्न सक्छ भने मुख्य कार्यालयले केन्द्रबाट सबै नियन्त्रित गर्न सक्छ।
आवस्यक सामान्य हार्डवेयर सामग्री तथा पूर्ण सफ्टवेयरसमेतको अनुमानित लागत:
एक कार्यालय (असीमित डिस्प्ले): रु. १,८०,००० – २ ,० ०,०००
केन्द्रिय प्रणाली (असीमित शाखा र डिस्प्ले): रु. ३,००,०००
लागत निम्न कुरामा भर पर्छ:
प्रयोग हुने डिस्प्ले उपकरण
एकल वा केन्द्रिय प्रणाली
जडानको स्थान र आकार
विशेष एकीकरण वा अनुकूलन
आफ्नो आवश्यकता हामीलाई जानकारी गराउनुहोस्, हामी तपाईंलाई उत्तम मूल्य–प्रस्तावसहित सम्पर्क गर्नेछौँ।
छ। यो प्रणालीको मुख्य विशेषता नै आवाज सुविधा हो।
सेवा छान्दा स्वचालित रूपमा विवरण पढ्ने
प्रक्रिया, कागजात, शुल्क, कक्ष नम्बर सबै सुनाउने
नेपाली र अंग्रेजी दुवै भाषामा
निश्चित समयमा राष्ट्रिय गान, सूचना, ब्रेक घोषणा जस्ता अडियो
यो सुविधा ज्येष्ठ नागरिक, दृष्टिविहीन व्यक्ति तथा पढ्न गाह्रो मान्ने सेवाग्राहीहरूका लागि अत्यन्त उपयोगी छ।
ProActive Developers सँग सम्पर्क गरेर:
प्रत्यक्ष डेमो
आवश्यकता विश्लेषण
अनुकूलन
जडान, तालिम र कागजात
निरन्तर प्राविधिक सहयोग
लिन सक्नुहुन्छ।
हामीसँग नेपालभर जडानको अनुभव छ र स्थानीय कर्मचारीले सजिलै चलाउन सक्ने व्यवस्था गर्छौँ।
डिजिटल नागरिक बडापत्र:
वास्तविक समयमा अपडेट हुन्छ
अन्तरक्रियात्मक र प्रयोगमैत्री छ
नेपाली/अंग्रेजी दुवै भाषा
आवाज सहित सबैका लागि पहुँचयोग्य
केन्द्रिय व्यवस्थापन
फाराममार्फत डाटा संकलन
५०० भन्दा बढी कार्यालयमा प्रयोग भइसकेको यो प्रणालीले सेवाग्राहीको अन्योल घटाउँछ, पारदर्शिता बढाउँछ र सेवा प्रवाह सुधार गर्छ।
हुन्छ। यो हाम्रो मुख्य विशेषता हो।
धेरै लेआउट र विकल्पहरू पहिल्यै उपलब्ध
अधिकांश अनुकूलन निःशुल्क
धेरै जटिल वा विशेष विकासमा मात्र अतिरिक्त लागत
हामी तपाईंको कार्यप्रणाली र ब्रान्डअनुसार प्रणाली मिलाएर दिन्छौँ।
सकिन्छ। DIDS ले API मार्फत:
सेवा र सूचना
कर्मचारी विवरण
तालिका, चार्ट, ग्राफ
अन्य प्रत्यक्ष डाटा
देखाउन सक्छ।
मानक ढाँचामा API भए अतिरिक्त लागत बिना एकीकरण सम्भव छ।
तल ProActive Developers द्वारा विकास गरिएको Digital Citizen Charter (डिजिटल नागरिक बडापत्र) प्रयोग गरी आफ्ना कार्यालयमा Smartboard, KIOSK, Television वा Digital Signage सञ्चालन गरिरहेका केही कार्यालयहरूको सूची दिइएको छः
गृह मन्त्रालय, सिंहदरबार, काठमाडौं
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, हेटौंडा
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, बागमती प्रदेश
आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश
भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश
आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेश
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, कर्णाली प्रदेश
महालेखा नियन्त्रक कार्यालय, अनामनगर, काठमाडौं
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौं
अध्यागमन विभाग, कालिकास्थान, काठमाडौं
राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (NAST), खुमलटार, ललितपुर
भरतपुर महानगरपालिका, भरतपुर, चितवन
हेटौंडा उपमहानगरपालिका, हेटौंडा, मकवानपुर
इटहरी उपमहानगरपालिका, इटहरी, सुनसरी
तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर, दाङ
घोराही उपमहानगरपालिका, घोराही, दाङ
नागार्जुन नगरपालिका, हरिसिद्धि, सीतापाइला, काठमाडौं
विशेष अदालत, बबरमहल, काठमाडौं
दरबार सिनेमाेक्स, दरबारमार्ग, काठमाडौं
(१५ भन्दा बढी भिडियोवाल र LFDs (LG Digital Signage) का लागि Content Management System को रूपमा प्रयोग गरिएको)
शिक्षा तालिम केन्द्र, काभ्रेपलाञ्चोक
मध्यम स्तरका करदाता कार्यालय, बबरमहल, काठमाडौं
विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयहरू, जसमध्ये काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), संखुवासभा, मोरङ, झापा, पाँचथर, इलाम, स्याङ्जा, पाल्पा, गुल्मी, पर्वत, बेनी, बझाङ, दार्चुला, महेन्द्रनगर लगायत अन्य
बर्दिया राष्ट्रिय निकुञ्ज, बर्दिया
मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दोलखा
प्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ललितपुर
दुर्गा लक्ष्मी मोडल माध्यमिक विद्यालय, गोदावरी नगरपालिका, कैलाली
श्री रामपुर मोडल माध्यमिक विद्यालय, जोरायल गाउँपालिका, बुडर, डोटी
यसका अतिरिक्त देशभरका विभिन्न मन्त्रालयहरू, विभागहरू, जिल्ला प्रशासन कार्यालयहरू, महानगरपालिका, नगरपालिका, गाउँपालिका, विद्यालय, कलेज, सहकारी संस्थाहरू, कर कार्यालयहरू, मालपोत कार्यालयहरू, अस्पतालहरु, मल तथा सिनेमा हलहरू लगायत धेरै संस्थाहरूमा पनि Digital Citizen Charter प्रयोग भइरहेको छ।
ProActive Developers नेपालमा डिजिटल नागरिक बडापत्रको अग्रणी र विश्वासिलो नाम हो।
वि.सं. २०६८ देखि विकास
५००+ सफल जडान
सरकारी कार्यप्रणालीको गहिरो बुझाइ
नेपाली/अंग्रेजी र अडियो सहितको प्रणाली
देशभर जडान, तालिम र सहयोग
साना कार्यालयदेखि ठूला संरचनासम्म विस्तारयोग्य
हामीसँग काम गर्नु भनेको अनुभवी, भरपर्दो र भविष्यतर्फ उन्मुख साझेदार रोज्नु हो।